गभर्नरको पक्षमा बोले ओली, भने– ‘बलिको बोको’ बनाइयो !

काठमाडौं, २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गर्नु गलन भएको बताएका छन् । उनले अर्थतन्त्र बिगार्ने मान्छे अर्कै भएको तर गभर्नरलाई अर्थतन्त्र बिगारेको आरोप लगाएर निकाल्नु भनेको ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखान जस्तै भएको प्रतिक्रिया दिएका हुन् ।शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन…