प्रेमप्रसादले नाम खुलाएकाहरुविरुद्ध किटानी जाहेरी दर्ता

प्रेमप्रसादले नाम खुलाएकाहरुविरुद्ध किटानी जाहेरी दर्ता


काठमाडौँ । नयाँ बानेश्वरको संसद् भवन अगाडि मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुअघि फेसबुकमा स्टाटस राख्दै नाम खुलाएकाविरुद्ध आज काठमाडौं जिल्ला प्रहरी परिसरमा किटानी जाहेरी परेको छ।

उनले आफ्नो फेसबुकमा उल्लेख गरेका सबैको नामविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी काठमाडौं जिल्ला प्रहरी परिसरमा दर्ता भएको अधिवक्ता स्वागत नेपालले जानकारी दिए।

आचार्यले मंगलबार दिउँसो नयाँ वानेश्वरस्थित सङ्घीय संसद भवनअगाडि आफैलाई पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए। ८० प्रतिशत भन्दा बढी जलेको अवस्थामा अस्पताल पुर्‍याइएका आचार्यको उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो।

उनले आत्मदाह गर्नु अघि फेसबुकमा लामो सुसाइड नोट लेखेका थिए। सो सुसाइड नोटमा आचार्यले आफुलाई यो अवस्थामा पुर्याएको भन्दै केही व्यक्तिको नामसमेत उल्लेख गरेका थिए।