अनुमती लिई प्रेमप्रसादलाई भेट्न गएकी हुँ, भिडियो कसले बनायो थाहा छैन : राज्यमन्त्री कार्की

अनुमती लिई प्रेमप्रसादलाई भेट्न गएकी हुँ, भिडियो कसले बनायो थाहा छैन : राज्यमन्त्री कार्की


काठमाडौँ ।

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाह गरेका प्रेम आचार्य अस्पतालको आईसीयूमा उपचाररत रहँदा संवेदनशीलता विचार नगरी भेट्न गएको भन्दै व्यापक आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले स्पष्टीकरण दिएकी छन्।

आचार्यलाई भेट्न कीर्तिपुर अस्पताल पुगेकी स्वास्थ्य राज्यमन्त्री कार्की विवादमा तानिएपछि उनले स्पष्टीकरण दिएकी हुन्। शुक्रबार सामाजिक सञ्जालमार्फत आफू भेट्न जाँदा प्रेमप्रसाद बाँच्ने ‘चान्स’ कम भएको आफूलाई थाहा नभएको बताएकी छन्।

उनले भनेकी छन्, हौसलाका लागि आफूले आचार्यसँग सम्वाद गरेको तर भिडियो कस्ले खिच्यो भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उनको स्पष्टीकरण छ। ‘मैले सक्ने हौसला प्रेमप्रसादलाई भेट्न गएँ, भिडियो कसले बनायो थाहा छैन’।

‘राज्य छैन भनेर आत्मदाहसम्मको प्रयास गरेका यो देशको नागरिकलाई ऊ चाँडै नै यो संसार छोड्दै छ भन्ने थाहा भएरै उनका आँखाहरू सधैँका लागि बन्द हुनुअगावै, उनका बोली सधैँको लागि रोकिनुअगावै म उहाँलाई भेट्न पुगेको थिएँ’, उनले भनेकी छन्, ‘भोलिपल्ट बिहानै उहाँ बित्नुभएछ, धन्न मैले ढिला गरिनछु।’