कांग्रेस सांसद सुनील शर्मालाई थुनामुक्त गर्न जिल्ला अदालतको आदेश

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई थुनामुक्त गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्मालाई हिजो बिहीवार नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा चिकित्सा शिक्षाको योग्यता हासिल गरेको आरोपमा पक्राउ गरेर आज शुक्रवार हिरासतमा राख्न म्याद थपका लागि आग्रह गरेको थियो। तर काठमाण्डौ जिल्ला अदालतले शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न…