स्विडेन महिला विश्वकप फुटबलको अन्तिम चारमा, जापान क्वार्टरफाइनलबाटै बाहिरियो

स्विडेन महिला विश्वकप फुटबलको अन्तिम चारमा, जापान क्वार्टरफाइनलबाटै बाहिरियो


काठमाडौँ ।

स्विडेन अस्ट्रेलिया र न्यूजिल्यान्डमा जारी फिफा महिला विश्वकप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ। न्यूजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा आज भएको दोस्रो क्वार्टरफाइनल खेलमा स्विडेनले जापानलाई २–१ गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो।

स्विडेनलाई जित दिलाउन अमान्डा इलेस्टेड र फिलिपा एन्जेल्डाले एक(एक गोल गरे। अमान्डाले ३२ औँ मिनेटमा गोल गर्दै स्विडेनलाई अग्रता दिलाइन् । फिलिपाले ५१ औँ मिनेटमा पेनाल्टीमार्फत स्विडेनका लागि दोस्रो गोल गरिन् ।

तर जापानकी होनोको हायाशीले ८७ औँ मिनेटमा एक गोल फर्काइन्।

एक पटकको विजेता जापान क्वार्टरफाइनलबाटै बाहिरिएको हो। चार पटकको विजेता अमेरिका तथा एक पटकको विजेता नर्वे प्रि–क्वार्टरफाइनल तथा दुई पटकको विजेता जर्मनी समूह चरणबाटै बाहिहरी सकेका छन्। यस पटक फिफा महिला विश्वकप फुटबलले नयाँ विजेता पाउने निश्चित भएको छ।