सुन तस्करी प्रकरण : विमानस्थलबाट थप दुई चिनियाँ पक्राउ

सुन तस्करी प्रकरण : विमानस्थलबाट थप दुई चिनियाँ पक्राउ


काठमाडौँ ।

करिब सय किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो।

चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ। योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ।

उनीहरूमाथि विभागले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार अनुसन्धान गरिरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट साउन २ गते छुटेको अन्दाजी १०० किलो सुन विभाग टोलीले बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरवेजको जहाजबाट ल्याइएको ब्रेक–शुमा लुकाएर सुन भित्र्याइएको थियो।