काठमाडौँ ।
एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यवसायी रोहन अडुकिया पक्राउ परेका छन्। भारतबाट काठमाडौँ फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको बताइएको छ।
रोहन व्यापारी राजेश अडुकियाका छोरा हुन्। यसअघि राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट साउन २ गते छुटेको अन्दाजी १०० किलो सुन विभाग टोलीले बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरवेजको जहाजबाट ल्याइएको ब्रेक–शुमा लुकाएर सुन भित्र्याइएको थियो।
प्रतिक्रिया