काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको अवरोधपछि शुक्रबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ। एमालेले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समितिको माग गर्दै उभिएर बैठकमा विरोध जनाएपछि शुक्रबारको बैठक स्थगित भएको हो।
दलीय आधारमा सबै पार्टीले बोलिसकेपछि एमालेका सांसदहरूले उभिएर विरोध जनाए । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बस्न अनुरोध गरे पनि उनीहरूले मानेनन्।
त्यसपछि अध्यक्ष तिमिल्सिनाले आजका लागि तय भएको सबै कार्यसूची स्थगित गरी बैठक स्थगित भएको जानकारी गराए। राष्ट्रिय सभाको अर्को बैठक साउन ३१ गते बुधबार बस्ने भएको छ।
एमालेले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समितिको माग गर्दै दुई सातादेखि संघीय सदनअन्तर्गतका दुवै सदन अवरुद्ध पार्दै आएको छ।
प्रतिक्रिया