काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको टिप्पणी गरेका छन्। इटालीको रोमबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले राखेको जिज्ञाशामा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । सुन तस्करी प्रकरणमा नेकपा (एमाले)ले अर्थमन्त्री डा प्रकाशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै संसद् अवरोध गरेको…