नेकपाका नेता विप्लब र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अदलतले ३५ दिनको समय दिएर उनीहरु विरुद्ध राज्यविरुद्धको कसुर सम्बन्धीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो। अदालतले नेकपा माहासचिव चन्दसहित उनका पार्टीका उपत्यका विशेष ब्युरो इञ्चार्ज माइला लामा, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)…