काठमाडौँ ।
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायत पार्टीका शीर्ष नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
अदलतले ३५ दिनको समय दिएर उनीहरु विरुद्ध राज्यविरुद्धको कसुर सम्बन्धीको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो।
अदालतले नेकपा माहासचिव चन्दसहित उनका पार्टीका उपत्यका विशेष ब्युरो इञ्चार्ज माइला लामा, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको सूचना गोरखापत्र दैनिमा मार्फत सार्वजनिक गरेको छ।
उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो। २०८० साल मंसिर १० गतेको आदेश अनुसार ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ।
प्रतिक्रिया