काठमाडौँ ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर अन्जना रानामगरले बिहे गरेकी छिन्। उनले भक्तपुर निवासी अविरल लामासँग सोमबार विवाह गरेकी हुन्। प्रेम सम्बन्धमा रहेका उनीहरूबीच धुलिखेलमा विवाह भएको हो।
रौतहटको चन्द्रपुरकी अन्जना १४ वर्षको उमेरमै राष्ट्रिय टिममा परेर ‘कान्छी फुटबलर’को नाम कमाएकी थिइन्। उनी त्रिभुवन आर्मी क्लबको गोलकिपर पनि हुन्।
प्रतिक्रिया