काठमाडौँ । साउदी टूरमा रहेको इन्टर मियामीले अल नासरसँग लज्जास्पद हार बेहोरेको छ। गएराती सम्पन्न क्लब मैत्रीपूर्ण खेलमा अल नासरले इन्टर मियामीलाई ६-० ले पराजित गरेको हो। अल नासरको जितमा टालीस्काले ह्याट्रिक गरेका थिए भने ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले एक एक गोल गरेका थिए। इन्टर मियामीको साउदी टूरमा यो लगातार दोस्रो हार हो।…