२७ दिनमा फिल्म ‘ईश्वर’ इन्डक्ल्याप

२७ दिनमा फिल्म ‘ईश्वर’ इन्डक्ल्याप


काठमाडौं ।

राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’ को छायांकन २७ दिनमा सकिएको छ। लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रवीन्द्र झा, बुद्धि लामा, शिशिर वाङ्देल र गीता अधिकारीको अभिनय छ।

दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन्। हरिबहादुर थापा र शंकर गिरी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र वीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व छ।

फिल्मको सम्पूर्ण छायांकन पोखरा र हेम्जाकोटमा गरिएको छ।