मनीषा भन्छिन् : ‘भन्सालीसँग काम गर्नु हाम्रा लागि सौभाग्य हो’

मनीषा भन्छिन् : ‘भन्सालीसँग काम गर्नु हाम्रा लागि सौभाग्य हो’


मुम्बई ।

अभिनेत्री मनीषा कोइराला बलिउड निर्देशक सञ्जय लीला भन्सालीको ‘हीरामण्डी’मा देखिँदैछिन्। यो वेब सिरिजमार्फत भन्सालीले ओटीटीमा डेब्यू गर्दैछन्। सिरिजमा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, संजीदा शेखलगायतको अभिनय छ।

हालैमात्र मनीषाले निर्देशक भन्सालीसँग काम गर्दाको अनुभव साझा गरिन्। यो वेब सिरिजमार्फत मनीषा २८ वर्षपछि भन्सालीसँग सहकार्य गर्दैछिन्। मनीषाले पहिलोपटक सञ्जयको फिल्म ‘खामोशी–द म्युजिकल’मा काम गरेकी थिइन्। सन् १९९६ मा रिलिज यो फिल्म भन्सालीको पहिलो फिल्म थियो। फिल्ममा सलमान खानको पनि अभिनय थियो।

हालैमात्र मनीषाले ‘खामोशी’को समय र ‘हीरामण्डी’मा भन्सालीका साथ काम गर्दाको अनुभव साझा गरिन्। ‘हामी सबै आफ्नो उत्कृष्ट काम दिने प्रयास गरेका छौं। किनकी हामी सबै एक मास्टरका साथ काम गरिरहेका छौं। ‘खामोशी’सँगै एक लामो वर्षपछि काम गर्नु यो भन्दा राम्रो हुन सक्दैन थियो। मैले उहाँलाई कलाकारका रुपमा विकसित हुँदै गरेको देखेकी छु। उनी देशका उत्कृष्ट कलाकार हुन्। महान फिल्म निर्माता हुन्। उनीसँग काम गर्नु हाम्रा लागि सौभाग्य हो,’उनले भनेकी छन्।

‘हीरामण्डीः द डायमण्ड बाजार’ यो वर्षको अन्त्यमा नेटफ्लिक्समा रिलिज हुँदैछ। केही दिनअघि नेटफ्लिक्सले आफ्नो इभेन्ट ‘नेक्स्ट अन नेटफ्लिक्स इण्डिया’ मा यो सिरिजका कलाकारको पोस्टर जारी गरेको थियो।

भन्साली बलिउडमा खर्चाली निर्देशकका रुपमा चिनिन्छन्। उनी फिल्ममा सेट प्रयोग गर्नमा सौखिन छन्। उनको डेब्यू सिरिजमा यो कुरालाई देख्न सकिन्छ। ‘हीरामण्डी’का लागि भन्सालीले निक भव्य सेट तयार पारेका छन्।