विकेटको वर्षा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले दियो १ सय २१ रनको लक्ष्य

विकेटको वर्षा भएको खेलमा नेपाललाई नेदरल्यान्ड्सले दियो १ सय २१ रनको लक्ष्य


काठमाडौं ।

त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्यान्ड्सले नेपालसामु १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरको खेलमा ३ बल बाँकी छँदै सबै विकेट गुमाएर १ सय २० रनमै समेटियो।

सुरुआतबाटै बलिङमा आफ्नो दबदबा कायम राखेको नेपालका लागि तिब्र गतिका बायाँहाते बलर प्रतिश जिसी र दिपेन्द्र सिंह ऐरिले सर्वाधिक ३–३ विकेट लिए । यस्तै, करण केसी, कुशल मल्लले पनि समान २÷२ विकेट लिए।

करण केसीले पहिलो ओभरकोे चौथो र अन्तिम बलमै नेदरल्याण्ड्सको २ विकेट झारे। उनले पहिलो ओभरको चौथो बलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए भने अन्तिम बलमा स्याब्रान्डालाई आसिफ सेखबाट क्याच आउट गराएका थिए।

नेपालका बलर प्रतिश जिसीले ८औँ ओभरमा दुई विकेट मात्र लिएनन् उनले नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड र म्याक्स ओडाउडलाई बोल्ड आउट गराए । एडवार्डलाई पहिलो बलमै बोल्ड आउट गराएका जिसीले आफ्नो पाँचौ बलमा ३ रन खर्चेर ओडाउडलाई पनि आउट गराए।

२४ बलको सामाना गरेका ओडाउडले ३१ रन बनाउँदा कप्तान एडवार्डले २१ बलमा १८ रन बनाएका थिए। ९ औं ओभरको पाँचौ र छैटौं बलमा लगातार विकेट लिंदै पार्टटाइम स्पिनर कुशल मल्लले नेपाललाई छैटौं सफलता दिलाएका थिए। मल्लले पाँचौ बलमा नोहाक क्रसलाई अभिनाश बोहोराबाट क्याच गराउँदा छैटौं बलमा आर्यन दत्तलाई आउट गराए।

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरबाटै नेदरल्याण्ड्सलाई दबाबमा राखेको थियो।