काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटको उपाधि भिडन्त आज हुँदै छ। उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी) आमने सामने हुन लागेका छन्। नेपालले पहिलो खेलमा घरेलु टोली हङकङसँग अंक बाँडेको थियो भने दोस्रो खेलमा पीएनजीलाई ८५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। मंगलबार नै भएको दोस्रो खेलमा हङकङमाथि १० विकेटको फराकिलो जित…