बद्री बहादुर’को ‘मेरो जीवनको’ सार्वजनिक

बद्री बहादुर’को ‘मेरो जीवनको’ सार्वजनिक


काठमाडौं ।

शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को गीत ‘मेरो जिवनको’ रिलिज गरिएको छ। कमेडी फ्लेवरमा तयार पारिएको फिल्मको गीतमा प्रमुख कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङ फिचर्ड छन्।

केही समयअघि फिल्मलाई बलिउड कमेडियन कपिल शर्माले शुभकामना दिएपछि फिल्मको चर्चा चुलिएको थियो। फिल्मका अभिनेता राजीव फिल्मबाट आशावादी छन्।

सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो। विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा छन्।

फिल्ममा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन । फिल्मको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेत फिचर्ड छिन्। उनीहरु यही गीतमा मात्र देखिनेछन्।

फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँ सम्पादन छ। आरआर फिल्म्सले वितरण गर्ने फिल्र्म काठमाडौं, लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो। फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल हुन्।