काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी उपनिर्वाचनमा उम्मेदवारलाई अनावश्यक खर्च नगर्न आग्रह गरेका छन्। काठमाडौँ–बझाङ मञ्चले शनिबार यहाँ आयोजना गरेको बझाङ जिल्ला प्रदेशसभा (१) को उपनिर्वाचनको विशेष भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनलाई खर्चिलो नबनाउन आग्रह गरे। पार्टीको चुनाव भएकाले पार्टीका साथीहरू खट्नुपर्ने भन्दै उनले चुनावमा हरेकलाई आफ्नो तर्फबाट योगदान…