एकअर्कासँग टाढिँदै प्रियंका र परिणीति

एकअर्कासँग टाढिँदै प्रियंका र परिणीति


मुम्बई ।

बलिउड अभिनेत्री प्रियंका चोपडा यति बेला भारतमा छिन्। अमेरिकाबाट भारत आउनासाथ उनी चर्चामा छिन्। उनी भारत आएपछि होली पाटीमा उपस्थितिदेखि अयोध्यामा रामललाको दर्शक गर्ने कामसम्म पुरा गरिसकेकी छन्।

हालैमात्र उनी आफन्त मन्नारा चोपडाको जन्मदिन पाटीमा पुगेकी थिइन्। प्रियंकाले मन्नाराको परिवारसँग भेटिरहँदात्यहाँ परिणीति चोपडालाई भने उनले भेटिनन्।

परिणीतिलाई नै प्रियंकाले नभेटेपछि उनीहरुबीच सम्बन्ध बिग्रिएको चर्चा चुलिएको छ। उनीहरु निकटवर्तीका अनुसार प्रियंका र परिणीति एकअर्कासँग टाढिदै गएका छन्।

परिणीति र प्रियंका एकै सहरमा भए पनि उनीहरुले एकापसमा भेटघाट गरेका छैनन्। परिणीति प्रियंकासँग दुःखी छिन्। किनकी परिणीतिका विवाहमा प्रियंका नपुगेपछि प्रियंकासँग उनी दुःखी भएकी हुन्। यद्यपि प्रियंकाले परिणीतिको इन्गेजमेन्टमा भने उपस्थिति जनाएकी थिइन्।

मन्नारा प्रियंकासँग नजिक छिन्। उनीप्रियंकालाई आफ्नो प्रेरणा मान्छिन्। मन्नाराले आफ्नो जन्मदिनमा प्रियंका र निक जोनासलाई निम्तो दिएकी थिइन्। तर उनले परिणीतिलाई भने बोलाइनन्। प्रियंकाको उपस्थिति हुने भएपछि मन्नाराले परिणीतिलाई निम्तो नदिएको निकट स्रोतले जनाएको छ।