बाबर आजम बने पाकिस्तानको कप्तान

बाबर आजम बने पाकिस्तानको कप्तान


काठमाडौं । बाबर आजम फेरि पाकिस्तानी क्रिकेट टिमको कप्तान भएका छन्। एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानको खराव प्रदर्शन पछि बाबरले कप्तानी त्यागेका थिए। बाबरको कप्तानीमा एक दिवसीय विश्वकपमा ४ खेलमा जित र ५ खेलमा पराजय भोगेको थियो। त्यसलगत्तै भारतबाट पाकिस्तान फर्किएपछि उनले तीनवटै फम्र्याटको कप्तानीबाट राजीनामा दिएका थिए।

तर, पाकिस्तान क्रिकेट बोर्डले अहिले उनलाई टी–२० र एक दिवसीय क्रिकेटको कप्तान बनाउने निर्णय गरेको हो। पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिनन क्वीसँगको भेटपछि बाबर अहिले ह्वाइटबल क्रिकेटको कप्तान बन्न राजी भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।

बाबरले पहिला राजीनामा दिएपछि शान मसुदलाई टेस्ट तथा शाहिन साह अफ्रिदीलाई टी २० को कप्तान बनाएको थियो। एक दिवसीय कप्तान भने पाकिस्तानले कसैलाई बनाएको थिएन्।

अब बाबरले एक दिवसीय र टी २० कप्तानी गर्ने छन् उनकै कप्तानीमाआसन्नटी २० विश्वकप क्रिकेट पाकिस्तानले खेल्ने छ। बाबरको कप्तानीमा सन् २०२२ मा पाकिस्तान आइसीसीव रियताको शीर्ष स्थानमापुगेको थियो। त्यतिबेला एक य र टी २० दुवै वरियतामा पहिलो स्थानमा रहेको थियो । तर, त्यसपछि लगातार खराब फर्मबाटगुज्रीएपछि कप्तान परिवर्तन गर्दा पनि अवस्थामा सुधार नभएपछि पाकिस्तानक्रिकेट बोर्ड फेरि बाबरलाई नै कप्तानबनाउने अवस्थामापुगेको हो।