काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ।
त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसामा कारोबार हुनेछ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४ पैसा र बिक्री दर १६८ रुपैयाँ ६९ पैसा तोकिएको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको छ।
प्रतिक्रिया