प्रचण्डको हातमा ट्रयाक्टरको स्टेरिङ थमाएपछि…

काठमाडौं १३ पुस (रासस) । नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ एउटा गाउँमा ट्र्याक्टरको स्टेरिङ घुमाउँदै हुनुहुन्छ । हो, कम्युनिस्ट नेताहरूको श्रमजीवी वर्गको प्रतिनिधि पात्र सरह देखिन्छ यो सिर्जना । त्यसैले स्वयम् नेता प्रचण्डले पनि नकार्न सक्नुभएन, सिर्जनालाई राम्रो भन्नुभयो र एकैछिन भावुक बन्दै हेर्नुभयो ।पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनस्थल प्रज्ञा भवनको एउटा कुनामा क्यानभासमा…