नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सुरु


काठमाडौं ११ पुस । सत्तारुढ नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशनको उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, नेकपा ९एमाले०का महासचिव शंकर पोखरेल, क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राप्रपा महामन्त्री कुन्तीकुमारी शाहीलगायतयले सम्बोधन गर्दै महाधिवेशनको सफलताको शु्भकामना दिएका छन् ।
महाधिवेशनमा देशभरीबाट १ हजार ६ सय ३१ प्रतिनिधि सहभागी रहेको माओवादीले जनाएको छ । महाधिवेशनले माओवादीको नयाँ नेतृत्व चयन गर्नेछ ।