एमाले अध्यक्ष ओलीसँग प्रचण्डको सम्बन्ध सुधार, पार्टी एकता ठीक भएको निष्कर्ष !

एमाले अध्यक्ष ओलीसँग प्रचण्डको सम्बन्ध सुधार, पार्टी एकता ठीक भएको निष्कर्ष !


काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग भएको एकता गल्ती नभएको बताउनुभएको छ । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले एमालेसँग एकता स्थायित्व र समृद्धिकै लागि भएकाले त्यसमा गल्ती नभएको बताउनुभयो । ‘एमालेसँगको एकता कुनै गल्ती भएको होइन । स्थायित्व र समृद्धिका लागि एमालेसँग एकता भएको थियो’, दाहालले भन्नुभयो, ‘यहाँ आउनु भएको शंकरजीले पनि एकता गल्ती नभएको बताउनुभएको छ । त्यो बुझाइ ठीक छ । तर एकता किन भंग भयो त्यस विषयमा हामीले महाधिवेशनमा समीक्षा गर्ने छौं । एमालेले पनि त्यसलाई समीक्षा गरोस् ।’
अध्यक्ष दाहालले महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई सम्बोधनका लागि आग्रह गरे पनि जिल्ला बाहिर रहनु भएको कारण सम्भव नभएको बताउनुभयो । कार्यक्रममा भएकाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभएको थियो ।