आन्तरिक मामिला मन्त्री बन्ने भए डोबाटे विश्वकर्मा !

आन्तरिक मामिला मन्त्री बन्ने भए डोबाटे विश्वकर्मा !


काठमाडौं, १२ पुस । गण्डकी प्रदेश सरकारमा बिनाविभागीय मन्त्रीका रुपमा सपथ लिएको करिब ३ महिनापछि डोबाटे विश्वकर्माले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
विश्वकर्मालाई उक्त मन्त्रालयको जिम्मेवारी दिन मिल्ने गरी सोमबार मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गरिएको छ ।
असोज २५ गते बिना विभागीय मन्त्रीका रुपमा विश्वकर्मालाई नियुक्त गरे पनि लामो समयसम्म जिम्मेवारी पाएका थिएनन् । नियमावली संशोधन गरेर मन्त्रालय विभाजन गरिएको छ । यद्यपि, मन्त्रिपरिषद्को निर्णय २४ घन्टा अगावै सार्वजनिक गर्ने नीतिअनुसार उक्त निर्णय औपचारिक रुपमा बाहिर ल्याइएको छैन ।
१२ मन्त्रालय बाँडफाँट गर्दा आन्तरिक मामिला मन्त्रालय मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफैंसँग राखेका थिए ।