नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता


काठमाडौं, १३ पुस । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकता भएको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा (जनवादी)बीच मंगलबार एकता भएको हो । काठमाडौंका राष्ट्रिय सभा गृहमा कार्यक्रम गर्दै दुई पार्टीबीच एकता भएको हो । निर्वाचन आयोगले स्थानीय निकायको निर्वाचन तयारी थालेपछि पार्टीबीच एकता घोषणा कार्यक्रम सुरु हुन थालेका हुन् ।
एमालेबाट अलग भएको नेपाल नेतृत्वको एकीकृत समाजवादी र माओवादीबाट अलग भएको देवेन्द्रसिंह महता नेतृत्वको जनवादीबीच एकता भएको हो । ११ सय बढी नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा सहभागी भएका छन् । महताले माओवादीबाट अलग भएर २०६२ सालमा जनवादी गठन गर्नुभएको थियो ।
एमालेबाट विभाजनपछि माधव नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो । समाजवादी पार्टीले निर्वाचन आयोगबाट गत भदौ ९ गते दलको मान्यता पाएको थियो । माधव नेपालले त्यसपछि क्रान्तिकारी कम्युनिस्टबीच एकताको घोषणा गर्नुभएको थियो ।