लहान । दिउँसो १ बजेको टन्टलापुर घामलाई छिचोल्दै सिरहाको बस्तीपुर पुग्दा गाउँमा सन्नाटा छाएको थियो । लहान बजारदेखि करिब ६ किलोमिटरको दुरीमा रहेको बस्तीपुर काँग्रेस नेता प्रदीप गिरिको शोकमा डुबेको थियो । कोही राम्ररी बोल्न सक्ने अवस्थामा थिएनन । उनीहरुका आँखा ओभाना थिएनन् । समाजवादी चिन्तक स्व गिरिको पुख्र्यौली घर पुग्दाँ ढोका बन्द थियो ।…