कांगेस नेता गिरीको निधन

कांगेस नेता गिरीको निधन


काठमाडौँ । नेपाली कांगेसका नेता प्रदीप गिरीको निधन भएको छ। शनिबार राती साढे ९ बजे उनको उपचारका क्रममा मृत्यु भएको हो ।

एक महिनाअघि घाँटीको क्यान्सरको उपचार गरि नेपाल फर्किएका गिरीलाई निमोनिया देखिएको थियो। उनी एक महिनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थिए ।

शनिबार उनको परिवारले विज्ञप्ती जारी गर्दै उनको स्वास्थ्यका लागि प्रार्थना गर्न अनुरोध गरेको थियो ।

समाजवादी चिन्तक गिरिको आज (आइतबार) अन्त्येष्टि गरिने भएको छ । गिरिको शव बिहान ११ बजेसम्म मेडिसिटी हस्पिटलको शिवालयमा राखिनेछ। त्यसपछि, २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा रहेको बिपी स्मृति भवनमा राखिने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।