गिरीको निधनमा संसद बैठक स्थगित, अर्को बैठक सोमबार दिउँसो बस्ने

गिरीको निधनमा संसद बैठक स्थगित, अर्को बैठक सोमबार दिउँसो बस्ने


काठमाडौँ । आज विहान ११ बजेटबाट सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको हिजो निधन भएको कारण आज संसद बैठक स्थगित गरिएको हो ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज एक सुचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन् । बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सोमबारलाई सारिएको उनले जनाएका छन् ।

प्रतिनिधि सभाको अर्को बैठकल सोमबार दिउँसो एक बजे बस्ने जनाइएको छ ।