भदौ ५, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको अन्त्यष्टि राजकीय सम्मानका साथ गरिएको छ। आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको छ। नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरुप गिरि राजनीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो।
गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए।
प्रतिक्रिया