बाढी पहिरोबाट २ सय १७ को ज्यान गएपछि तीन दिन राष्ट्रिय शोक घोषणा, झण्डा झुकाइने

काठमाडौँ, असोज १५ गते । असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शाेक घोषणा गर्दै तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।  धनजनको क्षतिप्रति सरकारले दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गरेको प्रवक्ता ऋषिराम तिवारीले जानकारी…