नेपाली काँग्रेसले कारवाहीमा परेकाहरुको सदस्यता केन्द्रीय अभिलेखबाट हटाइने

नेपाली काँग्रेसले कारवाहीमा परेकाहरुको सदस्यता केन्द्रीय अभिलेखबाट हटाइने



काठमाडौं । नेपाली कांग्रेसले अनुशासन समितिको कारबाहीमा परेकाको सदस्यता केन्द्रीय अभिलेखबाट हटाउने भएको छ । कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकबाट यस्तो निर्णय गरिएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

कांग्रेस परित्याग गरी अरू राजनीतिक दलमा प्रवेश गरेका वा पार्टीको आधिकारिक उमेदवारविरुद्ध कुनै पनि पदमा ‘बागी’ उमेदवारी दिएका व्यक्तिका प्रस्तावकरसमर्थक तथा अन्य पार्टीका उमेदवारको प्रस्तावकरसमर्थक र प्रचारक भएका व्यक्तिहरूको सन्दर्भमा प्राप्त प्रमाणका आधारमा सदस्यता केन्द्रीय अभिलेखबाट हटाउने निर्णय भएको पौडेलले बताए ।

अनुशासन समितिमा पार्टीको नियमविपरीत गतिविधिमा संलग्न रहेको भन्दै ७०० बढी उजुरी परेको सचिव दिनेश थापाले जानकारी दिए । यीमध्ये केहीको सदस्यता हटाइएको कांग्रेसले जनाएको छ ।