ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा राष्ट्रिय र राजनीतिक सहमति भए कम लागतमै ई–भोटिङ व्यवस्था गर्न सकिने विचार व्यक्त गर्नुभएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ ९क्यान० ले शनिबार ललितपुरमा आयोजना गरेको ‘क्यान बिटुबी समिट, २०२५’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले सूचना प्रविधिको माध्यमबाट कम खर्चमै मतदान गर्ने व्यवस्था मिलाउन दबाब…