काठमाडौं ।
स्पेनिस ला–लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ। बार्सिलोनाले आइतबार राति भएको खेलमा रियल बेटिसलाई ४–२ गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गर्दा जाओ फ्लेक्सले १ गोल थपेका थिए। रियल बेटिसका लागि इस्कोले २ गोल गरे। २१ औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। ४८ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना २–० ले अगाडि बढेको थियो।
५६ औं र ५९ औं मिनेटमा लगातार इस्कोले २ गोल गरेपछि खेल बराबरीमा आएको थियो। तर, ९० औं मिनेटमा फ्लेक्सले गोल गर्दै बार्सिलोनलाई ३–२ ले अगाडि बढाए। लगत्तै अतिरिक्त समयमा टोरेसले ह्याट्रिक पूरा गर्दा बार्सिलोना ४–२ को सहज जित निकाल्न भने सफल भयो।
बार्सिलोना जारी सिजन ४४ अंकका साथ तालिको तेस्रो स्थानमा छ भने रियल बेटिस नवौं स्थानमा छ।
प्रतिक्रिया