काठमाडौँ । आइसीसी यू–१९ विश्वकप क्रिकेटमा भारत फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो। टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ७ विकेट गुमाएर २४४ रन बनाएको थियो। दक्षिण अफ्रिकाका ओपनर लुआन ड्रे प्रिटोरियसले सर्वाधिक ७६ रनको पारि खेले।…