एसीसी वुमन्स प्रिमियर कप : नेपाल मलेसियासँग खेल्दै

एसीसी वुमन्स प्रिमियर कप : नेपाल मलेसियासँग खेल्दै


काठमाडौं ।

एसीसी वुमन्स प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै छ। नेपाल र मलेसियाबीचको खेल विहान सवा ११ बजे सुरुहुने छ।

दुवै टिम अपराजित रहँदै सेमिफाइनलमा पुगेका हुन्। आजको विजेताले एसियाकपमा स्थान बनाउने भएकाले नेपाल र मलेसिया दुवैलाई निकै नै महत्वपूर्ण रहेको छ।

नेपालले क्वाटरफाइनलमा कुवेतलार्य डीएलएस नियम अनुसार ८ विकेटले पराजित गरेको थियो भने मलेसियाले जापानलाई १६ रनले स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।