नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, ४ ओभरमा तीन विकेट पतन

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात, ४ ओभरमा तीन विकेट पतन


काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरिरहेको नेपालले १३ रनमा तीन विकेट गुमाइसकेको छ।

खेलमा नेपालले पहिलो बलमै कुशल भुर्तेललाई नामिबियाका रुबेन ट्रम्पलम्यानले स्लिपमा जेजे स्मिथबाट क्याच आउट भए। कुशल इनिङकै पहिलो बलमा आउट हुँदा रोयल डक हुँदा ब्याटिङमा आएका अनिल साह पनि ८ रनमै आउट भएका छन्। उनी पनि ट्रम्पलम्याचनकै एलबिडब्लूको धरापमा परे। २.१ आउट हुनुअघि उनले ६ बलमा २ चौका हिर्काएका थिए।

चौथो ओभरमा आसिफ शेख पनि ४ रनमै आउट भए। आसिफलाई ज्याक ब्रासेलले जेजे स्मिथबाट क्याच आउट भए।