आर्थिक विवादले सलमान र करणको ‘द बुल’ मा ढिलाइ

आर्थिक विवादले सलमान र करणको ‘द बुल’ मा ढिलाइ


मुम्बई ।

अभिनेता सलमान खान फिल्म ‘टाइगर ३’ पछि निर्माता तथा निर्देशक करण जोहरका साथ नयाँ फिल्म ‘द बुल’को तयारीमा व्यस्त थिए। सलमानले यो फिल्मका लागि सक्दो मेहनत गरिरहेका थिए। त्यसका लागि उनले ‘बडी ट्रान्सफर्मेशन’को काम पनि गरेका थिए।

तर अब भने फिल्मको मुहुर्त पछि यसको निर्माणमा केही बाधा सिर्जना भएको छ। जसकारण फिल्मको काम रोकिएको छ। फिल्म निकट स्रोतका अनुसार सलमान र करणबीच पैसा लेनदेन विषयमा एकमत हुन सकेको छैन। जसकारण फिल्मको सुटिङ हुन ढिलाइ भइरहेको छ।

‘द बुल एक महंगो फिल्म हो र करणले ‘ब्याक एण्ड डिल’का साथ सलमानसँग सम्झौता गर्ने आशा राखेका छन्। तर सलमान भने एडभान्स पैसा मागिरहेका छन्। तमाम हिसाब–किताब गरेपछि करणलाई फिल्मलाई फ्लोरमा जान आर्थिक रुपले व्यवहारिक लागेको छैन। उनले अब वित्तिय ढाँचामा पुनः काम गर्नका लागि सलमानसँग थोरै समय मागेका छन्’, स्रोतले भनेको छ।

यता सलमान भने करणका साथ साझेदारीमा काम गर्न पाउँदा खुशी छ, तर उनी आफ्नो व्यक्तिगत नोक्सानी व्यहोर्न चाहँदैनन्। ‘सलमानलाई स्क्रिप्ट निकै मन परेको छ। तर सलमानलाई यो प्रोजेक्टमा जोड्नका लागि करणलाई निकै पैसाको आवश्यकता छ। एकपटक जब सबै कुराको अन पेपर फाइनल हुन्छ, त्यसपछि फिल्मको आधिकारिक घोषणा हुनेछ’, स्रोतले अगाडि भनेको छ।

‘द बुल’ गत नोभेम्बरबाट सुरु हुनुपर्ने थियो। तर फिल्मलाई डिसेम्बरसम्म सारियो। फेरि जनवरीसम्म फिल्म धकेलियो र आउने मेमा सुटिङको खाका बनाइयो। (बलिउड हंगामा)