हेमन्त बिन्दुको नयाँ गीत ‘धर्तीमाथि जून’ मा अनुप र कबिताको रोमान्स (भिडियोसहित)

हेमन्त बिन्दुको नयाँ गीत ‘धर्तीमाथि जून’ मा अनुप र कबिताको रोमान्स (भिडियोसहित)


काठमाडौँ ।

गायक हेमन्त शर्माक र गायिका बिन्दु पौडेलले स्वर रहेको नयाँ गीत ‘धर्तीमाथि जून’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ।

गीतमा संगीत संयोजन नरेन्द्र बियोगीले गरेका छन्। गायक शर्माले ‘उता परेली झिम झिम’को सफलता पछि गायिका पौडेलसँगको सहकार्यमा नयाँ गीत सार्वजनिक गरेका हुन्।

गीतको म्यूजिक भिडियोमा बिरलै देखिने चलचित्रका नायक अनुप विक्रम शाहीले अभिनय गरेका छन्। शाहीसँग मोडल कबिता नेपाली पहिलो पटक सहकार्य गरेकी छिन्। अभिनेता शाहीले गीत मन परेर म्यूजिक भिडियोमा काम गरेका बताएका छन्।

गीतको मिक्सिङ तथा मास्टरिङ श्याम स्वेत रसाईलीले गरेका हुन्। नवराज उप्रेतीले छायांकन गरेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन्। भिडियो निर्देशन मौसम हिमालीले गरेका हुन्।

गायिका बिन्दु पौडेल हाल अष्ट्रेलियाको तास्मानियामा बस्दै आएकी छन्। विदेशी भूमिमा रहेर पनि पौडेलको नेपाली गीत संगीतप्रतिको लगाव भने उत्तिकै छ।