बिर्तामोड । नाइजेरियन स्ट्राइकर अबयोमी ओलुवासेउन फकुन्लेको दुई गोलप्रेरित चर्च ब्वाइज युनाइटेड झापा गोल्डकप फुटबलको नयाँ च्याम्पियन बनेको छ। सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइजले विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ एफसीलाई ३–० ले पराजित गर्दै उपाधि हात पारेको हो। सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइजको जितमा फकुन्लेले दुई तथा राजेश परियारले एक…