इलामको रमणीय पाखामा ‘नेपथ्य’

काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुञ्जिने भएको छ। चर्चित ब्याण्ड नेपथ्य चैत ३ गते शनिबार बेलुकी ठूला सहर बजारमा नभइ इलामको सुर्योदय नगरपालिका अन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उपस्थित हुँदैछ। लाप्चा भाषामा ढुकुरलाई ‘करफोक’ भनिन्छ। जतिबेला नेपालमा काठमाडौं उपत्यका बाहिर…