नेपाल ‘ए’ लाई आयरल्याण्डले दियो २ सय ८५ रनको लक्ष्य

नेपाल ‘ए’ लाई आयरल्याण्डले दियो २ सय ८५ रनको लक्ष्य


काठमाडौं ।

काठमाडौंमा जारी एक दिवसीय क्रिकेटमा आयरल्याण्ड उल्भ्सले नेपाल ‘ए’ लाई २ सय ८५ रनको लक्ष्य दिएको छ। त्रिवी क्रिकेट मैदानमा बिहान साढे ९ बजेबाट शुरु भएको खेलमा उल्भ्सले निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर १८४ रन बनायो।

उल्भ्सका लागि स्टीफन डोहेनीले सतकीय पारि खेले। उनले १२६ बलमा आफ्नो सतक पूरा गरे। १२९ बलको सामना गरेको डोहेनीले १०७ रनको पारि खेले। उनलाई रिजन ढकालले आउट गरे।

यस्तै, पिटर मुरले ४४ रन, मोर्गन टोप्पिङ २१ रन, फियोन ह्याण्ड २०,म्याथ्यु हम्फ्रेज १९ रनको जोड्दा क्याप्टेन निल रक १ रन बनाएर आउट भए। नेपालका लागि अर्जुन कुमार र रिजन ढकालले समान तीन–तीन विकेट लिदा, विकाश आग्री, रुपेश सिंह र साहब आलमले समान एक–एक विकेट लिए।

यसअघि भएका दुई खेलमा नेपालले हार व्यहोर्दै सिरिज भने गुमाइसकेको छ।