नेपाल र वेस्टइन्डिज ‘ए’को खेल तालिका सार्वजनिक

नेपाल र वेस्टइन्डिज ‘ए’को खेल तालिका सार्वजनिक


काठमाडौं ।

नेपाल र वेस्टइन्डिज ‘ए’ बीच हुने पाँच टि–२० खेलको खेलतालिका सार्वजनिक भएको छ। वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टि–२० खेलको तालिका सार्वजनिक गरेको हो। नेपालले टि–२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो।

नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुनेछ। दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ। सबै खेल किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। खेल नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ। वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो।