गायक निशान भट्टराई र ऋचा न्यौपानेले गरे डिभोर्स

गायक निशान भट्टराई र ऋचा न्यौपानेले गरे डिभोर्स


काठमाडौँ ।

गायक निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्धविच्छेद भएको छ। काभ्रेपलाञ्चोक जिल्ला अदालतले उनीहरूबीच सम्बन्धविच्छेदको आदेश दिएको छ। चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धविच्छेदको आदेश दिएको हो।

२०७७ सालमा निशान र ऋचाबीच विवाह भएको थियो। उनीहरूबीच विवाह गरेको केही समयपछि नै सम्बन्ध राम्रो नभएको खबर बाहिरिएको थियो। निशान नेपाल आइडलको पहिलो सिजनको फर्ष्ट रनरअप हुन्। ऋचा मोडलिङ गर्दै आएकी छन्।