बिर्तामोड । डोमालाल रंगशालामा शुक्रबार लोक रक ब्याण्ड नेपथ्यको कन्सर्ट हेर्दैगर्दा अधिकांश युवायुवतीहरु भनिरहेका थिए, ‘नयाँ वर्षको स्वागत गजब रमाइलोसँग भयो।’ अघिल्लो रात बेतोडको वर्षाले पूर्वी तराइको धुवाँधुलोलाई पखाल्नेमात्र होइन चैत अन्तिमको उखरमाउलो गर्मीलाई थोरै राहतमा पनि परिणत गरिदिएको थियो । यसरी वर्षकै अन्तिम साँझ मौसमी अनुकूलताका बीच ठीक साढे ६ बजे कन्सर्ट प्रारम्भ भयो।…