काठमाडौं, २४ कात्तिक । यस वर्षको मदन पुरस्कार र जगदम्बाश्री सम्मान बुधवार प्रदान गरिएको छ । मदन पुरस्कार गुठीले लेखक भगिराज इङ्नामलाई मदन पुरस्कार र नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बाश्री सम्मान प्रदान गरेको हो । लेखक इङ्नामलाई लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि २०७७ सालको मदन पुरस्कार प्रदान गरिएको हो ।नृत्यशास्त्री थापाले जगदम्बाश्री सम्मान ग्रहण गर्दै…