एसियाली खेलकुद : नेपालको विजयी सुरुवात, मंगोलिया २७३ रनले पराजित

काठमाडौँ । नेपालले एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा विजयी सुरुवात गरेको छ । नेपालले मंगोलियालाई २७३ रनले पराजित गरेको छ। चीनको हांग्जाउमा भएको खेलमा नेपालले दिएको ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलिया १३।१ ओभरमा ४१ रन बनाउँदै अलआउट भयो। यो टि२० आई इतिहासकै सबैभन्दा ठूलो जित हो। मंगोलियालाई सस्तैमा समेट्न करन केसी, अभिनाश…