काठमाडौँ । अर्जेन्टिनाले विश्वकप क्वालिफायरमा विजयी सुरुवात गरेको छ। आज शुक्रबार बिहान दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौटको पहिलो खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो। अर्जेन्टिनाको जितमा लियोनेल मेसीले खेलको ७८औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। आजै भएको दक्षिण अमेरिकी देशको विश्वकप छनौटका अन्य खेलमा कोल्मबियाले…