काठमाडौँ ।
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको चौथो विकेट लिएको छ। नेपाली बलर दीपेन्द्रसिंह ऐरीले भारतको चौथो विकेट लिएका हुन् । उनले भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाललाई पेभेलियन फर्काए।
जैसवाल शतक बनाए लगत्तै पेभेलियन फर्किएका थिए। ऐरीले उनलाई अभिनाश बोहोराद्वारा क्याच गराएका थिए। भारतले १६।२ ओभरमा एक सय ५० रन बनाएको छ । जैसवालले ४९ बलमा सात छक्का र आठ चौकाको मद्दतले शतक पुरा गरेका हुन्।
प्रतिक्रिया