काठमाडौँ । चीनको हाङजाओ सहरमा १९औँ एसियाली खेलकुदअन्तर्गतको मंगोलिया विरुद्धको पहिलो टी–२० क्रिकेट प्रतियोगिता चलिरहँदा काठमाडौँमा रहेकी क्रिकेटर कुशल मल्लकी आमा शर्मिलाले उक्त खेल सुरुदेखि अन्तसम्म पूरै हेरिन्। प्रतियोगितामा सहभागी हुन छोरो चीन जाँदा बिदाइ गरेकी शर्मिलाले बुधबार भएको खेल घरमा बसेर साग केलाउँदै पूरै हेरेको बताइन्। खेलमा नेपाली क्रिकेट टोलीले मङ्गोलियालाई दुई सय ७३…